logo
  • बिहिबार, भदौ ४, २०८३ / Thursday, Aug, 20 ,2026

वृद्धभत्ता केही समयभित्रै ५ हजार पुर्याइनेछ : प्रधानमन्त्री ओली


अंकुरण खबर
1.391K
Shares

प्रधानमन्त्री केपी शर्मा ओलीले वृद्धभत्ता केही समयभित्रै ५ हजार पुर्याइने बताएका छन् ।

एक सयबाट शुरु भएको वृद्धभत्ता अहिले मासिक ३ हजार पुगेको उल्लेख गर्दै छिट्टै ५ हजार पुर्याइने बताएका हुन् ।

बिहिबार सिन्धुलीमा सुनकोशी मरिन डाइभर्सन बहुउद्देश्यीय आयोजनाको शिलान्यास गरेपछि सम्बोधनका क्रममा ओलीले भने, ‘वृद्धभत्ता केही समयभित्रै ५ हजार पुर्याइने छ ।’

तत्कालीन नेकपा एमालेले सुर्य चुनाव लड्दा घोषणापत्रमा वृद्धभत्ता ५ हजार पुर्याइने उल्लेख गरेको थियो ।