logo
  • बिहिबार, भदौ ४, २०८३ / Thursday, Aug, 20 ,2026

पछिल्लो २४ घण्टामा थपिए १०७ जना कोरोना संक्रमित, मृतकको संख्या शून्य


अंकुरण खबर
1.131K
Shares

पछिल्लो २४ घण्टामा नेपालमा १ सय ७ जना कोरोना संक्रमित थपिएका छन् ।

योसँगै कुल संक्रमितको संख्या २ लाख ७४ हजार ४ सय ८८ जना पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार गत २४ घण्टामा ५ हजार ५ सय ३६ जनाको पिसिआर परीक्षण गर्दा १ सय ७ जनामा कोरोना पुष्टि भएको हो । योसँगै नेपालमा पिसिआर परीक्षण हुनेको संख्या २१ लाख ७९ हजार ४७ पुगेको छ ।

बिहीबार ७८ जना उपचारपछि डिस्चार्ज भएका छन् । योसँगै नेपालमा निको हुनेको संख्या २ लाख ७० हजार ६ सय ८३ पुगेको मन्त्रालयले जनाएको छ।

आज पनि कुनै कोरोना संक्रमितको मृत्यु भएको छैन । हाल ५७ जना क्वारेन्टाइनमा छन् ।