logo
  • बिहिबार, भदौ ४, २०८३ / Thursday, Aug, 20 ,2026

कोरोनाविरुद्धको खोप लगाएपछि डा. भट्टराई बिरामी


अंकुरण खबर
936
Shares

कोरोनाविरुद्धको खोप लगाएपछि पूर्व प्रधानमन्त्री एवं जनता समाजवादी पार्टी (जसपा)का संघीय परिषद् अध्यक्ष डा. बाबुराम भट्टराईलाई ज्वरो आएको छ ।

१०४ डिग्रीसम्म ज्वरो आएपछि उनी स्वास्थ्य जाँचका लागि बिहीबार त्रिवि शिक्षण अस्पताल महाराजगञ्ज पुगेका हुन्।

विभिन्न जाँचपछि चिकित्सकको प्रत्यक्ष निगरानीमा रहने गरी डा. भट्टराई बिहीबार नै घर फर्किएका छन् ।

हालै भारतको नयाँ दिल्ली पुगेर स्वास्थ्य जाँच गरेर फर्किएका उनलाई सामान्य ज्वरो आइरहेको थियो । सोही अवस्थामा बुधबार कोरोनाविरुद्धको खोप लगाएपछि ज्वरो बढेको उनका प्रेस संयोजक विश्वदीप पाण्डेले जानकारी दिए ।

डा. भट्टराईको स्वास्थ्यलाई शिक्षण अस्पतालका साथै वीर अस्पतालका केही चिकित्सकहरुले निगरानी गर्ने भएका छन् ।