logo
  • बिहिबार, भदौ ४, २०८३ / Thursday, Aug, 20 ,2026

पिलो निचोरिदैमा शरीरको वजन घट्दैन : प्रधानमन्त्री ओली


अंकुरण खबर
2.262K
Shares

प्रधानमन्त्री केपी शर्मा ओलीले दाहाल नेपाल पक्षलाई पिलोको संज्ञा दिदै त्यो निचोरिदैमा शरीरको वजन नघट्ने दावी गरेका छन् ।

बिहीबार सिन्धुलीमा आयोजित सुनकोशी मरिन डाईभर्सन बहुउद्देश्यीय आयोजनाको शिलान्यास गर्दै प्रधानमन्त्री ओलीले यस्तो बताएका हुन् । ‘पिलो निचोरिदैमा शरीरको वजन घट्दैन, अहिले त्यस्तै भएको छ’ प्रधानमन्त्री ओलीले भने।

उनले आफूले नयाँ  तरिकाबाट पार्टी खोलेर अभियान संचालन गरेको दावी गरे। ओलीले भने ‘ कहिलेकाहि अभियानमा हावा आँउछ हल्लाउँछ, कहिले सानातिना पहिरो जान्छ तर अभियान अगाडि बढ्छ’।

प्रधानमन्त्री ओलीले मरिन् सुनकोशी ड्राईभर्सनले पहाड र मधेशलाई जोडेको मात्र नभई धेरै उपलब्धि प्राप्त हुने बताए । ‘कुनै बेला ओलीलाई तराईमा पस्न नदिने भन्ने अभियान चलेको थियो, ठिकै छ पस्न नदिनु तर पानी पस्न दिनुस्’ प्रधानमन्त्रीले भने । ओली तराई पस्दैन, तर तपाईहरुका सुख्खा खेत भिजाउँछ’ उनले भने ।

पानी प्रदेश २ मा पुगेपछि कुनै राजनीतिक दल नचाहिने र जनताले खुशीको नगरा आफै बजाउने उनले दावी गरे ।