logo
  • बिहिबार, भदौ ४, २०८३ / Thursday, Aug, 20 ,2026

नयाँ सरकार र अविश्वास प्रस्तावबारे छलफल गर्न कांग्रेस संसदीय दलको बैठक बस्दै


अंकुरण खबर
1.066K
Shares

प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसको आज संसदीय दलको वैठक बस्दैछ ।

अब बन्ने नयाँ सरकारमा सहभागिता र प्रधानमन्त्री केपी शर्मा ओलीविरुद्ध अविश्वास प्रस्ताव सम्बन्धमा छलफल गर्न वैठक बस्न लागेको कांग्रेसले जनाएको छ ।

हिजो साँझ सभापति शेरबहादुर देउवाको निवास बूढानीलकण्ठमा बसेको कांग्रेस पदाधिकारी तथा पूर्व पदाधिकारीको बैठकले यस विषयमा छलफल गरे पनि कुनै निष्कर्ष निकाल्न सकेको थिएन ।

पुनर्स्थापित प्रतिनिधि सभाको पहिलो बैठकमा (फागुन २३ गते) कसरी प्रस्तुत हुने भन्ने विषयमा धारणा तय गर्न देउवाले बैठक राखेका थिए ।

तर बैठक बिना निष्कर्ष टुंगिएको नेताहरूले जानकारी गराएका छन् । कांग्रेसका शीर्ष नेताहरुमा सरकारमा जाने-नजाने भन्ने विषयमा फरक धारणा देखिंदै आएको छ ।