logo
  • बिहिबार, भदौ ४, २०८३ / Thursday, Aug, 20 ,2026

नेकपाको विवादबारे सर्वोच्चले आइतबार फैसला सुनाउने


अंकुरण खबर
832
Shares

सर्वोच्च अदालतले ऋषिराम कट्टेलले दाबी गरेको नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को फैसला आइतबार सुनाउने भएको छ ।

यसअघि फागुन २० गते फैसला सुनाउने निर्णय गरे पनि पूर्वप्रधानन्यायाधीश सुरेन्द्रप्रसाद सिंहको निधनमा देशभरका अदालतमा शोक बिदा दिने निर्णय गरेसँग फैसलाको मिति धकेलिएको हो ।

पूर्वप्रधानन्यायाधीश सिंहको फागुन १८ गते साँझ निधन भएको थियो । सर्लाही जिल्लामा वि सं. १९८८ साल फागुन ३ गते जन्मिएका सिंह २०५२ साल असोज १० गते प्रधानन्यायाधीश नियुक्त भएका थिए ।

तत्कालीन नेकपा एमाले र नेकपा माओवादी केन्द्रबीच एकता भएपछि हालको सत्तारुढ दल निर्वाचन आयोगमा नेपाल कम्युनिष्ट पार्टी (नेकपा) नाममा दर्ता भएको थियो । तर, निर्वाचन आयोगमा त्यसअघि नै ऋषिराम कट्टेल नेतृत्वको नेपाल कम्युनिष्ट पार्टी दर्ता भएको थियो ।

कट्टेललले आफ्नो पार्टीको नामसँग मिल्ने नाम राखेको भन्दै निर्वाचन आयोगविरुद्ध २०७५ मंसिर ५ गते सर्वोच्चमा रिट निवेदन दर्ता गराएका थिए ।