logo
  • बिहिबार, भदौ ४, २०८३ / Thursday, Aug, 20 ,2026

फेरि ९ सय रुपैयाँले घट्यो सुनको भाउ


अंकुरण खबर
806
Shares

नेपाली बजारमा शुक्रबार सुनको भाउ फेरि घटेको छ ।

हिजो तोलामा एक हजार रुपैयाँले घटेको सुनको भाउ आज फेरि ९ सय रुपैयाँले घटेको हो ।

आज छापावाला सुनको भाउ तोलामा ९ सय रुपैयाँले घटेर प्रतितोलामा ८५ हजार ६ सय रुपैयाँमा कारोबार भएको नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ ।

यस्तै, आज चाँदीको भाउ पनि घटेको छ । चाँदी आज तोलामा ३५ रुपैयाँले घटेर १२ सय ५० रुपैयाँमा कारोबार भइरहेको छ ।

अन्तर्राष्ट्रिय बजारमा सुनको बजार अस्थिर भएकाले सुनको मूल्यमा उतारचढाव आइरहेको नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ ।