नेपाल कम्युनिष्ट पार्टी नेकपाका महासचिव नेत्रविक्रम चन्द विप्लव प्रधानमन्त्री केपी शर्मा ओलीलाई भेट्न बालुवाटार पुगेका छन् ।
शुक्रबार बिहान नवलपरासीबाट काठमाडौं आएका विप्लव सोझै बालुवाटार प्रवेश गरेका हुन् । विप्लवसँगै पार्टीका प्रवक्ता खड्गबहादुर विश्वकर्मा पनि बालुवाटार प्रवेश गरेका छन् ।
महासचिव विल्पव र प्रधानमन्त्री ओलीबीच भावी राजनीतिक रणनीतिबारे छलफल हुने श्रोतले बतायो ।
सरकार र विप्लव समूहबीच बिहीबार मात्रै तीन बुँदे सहमतिमार्फत शान्ति वार्ता सफल भएको घोषणा गरिएको थियो ।
उक्त सहमतिबारे बिस्तृत विवरण आज सार्वजिनक गर्ने तयारी छ । राष्ट्रियसभामा दिउँसो आयोजना हुने उक्त समारोहमा विप्लव र प्रधानमन्त्री ओलीले सम्बोधन गर्ने छन् ।