नेपाल कम्युनिस्ट पार्टी (नेकपा) को दाहाल–नेपाल समूह आज पुनः निर्वाचन आयोग जाने भएको छ ।
आज १ बजे बस्ने संसदीय दलको बैठकपछि उपस्थित सांसदको हस्ताक्षर लिएर समूहका नेताहरू आयोग जान लागेका हुन् ।
पुस पाँचपछि दुई समूहमा विभाजित नेकपाका दुवै समूहले पार्टी आधिकारिकताको दाबी गरिरहेका छन् तर निर्वाचन आयोगले भने अहिलेसम्म यसबारे कुनै निर्णय दिएको छैन ।
बुधवार बसेको पार्टी केन्द्रीय कमिटी बैठकले निर्वाचन आयोगले आफूहरुको पक्षमा बहुमत रहेको भन्दै निर्वाचन आयोगले निर्णय गर्न आलमल गरेको भन्दै आपत्ति जनाएको थियो ।
विहीवार पनि केन्द्रीय कमिटी बैठकले गरेको निर्णयबारे जानकारी गराउन नेकपाका नेताहरु निर्वाचन आयोग पुगेका थिए ।