logo
  • बिहिबार, भदौ ४, २०८३ / Thursday, Aug, 20 ,2026

६५ वर्ष माथिका जेष्ठ नागरिकलाई पहिलो प्राथमिकतामा राखेर खोप दिइने


अंकुरण खबर
1.378K
Shares

सरकारले फागुन २३ गतेदेखि सुरु हुन लागेको कोरोना भाइरसविरुद्धको खोपको दोस्रो चरणको अभियानमा पहिलो प्राथमिकतामा ६५ वर्ष माथिका जेष्ठ नागरिकलाई खोप दिने भएको छ ।

यसअघि सरकारले ५५ वर्ष माथिका नागरिकलाई खोप दिने योजना बनाएको थियो ।

तोकिएको समयमा सम्झौता अनुसारको खोप नआएपछि यसअघि ५५ वर्ष माथिकालाई दिइने भनेर गरिएको निर्णयलाई संशोधन गरी ६५ वर्ष पुर्‍याइएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

सरकारले दुई साताभित्र २० लाख डोज कोभिसिल्ड ल्याइपुर्‍याउने गरी सिरम इन्स्टिच्युट अफ इन्डियालाई अग्रिम भुक्तानी गरेको थियो । सम्झौताअनुसार १० लाख डोज पठाए पनि दोस्रो डोज समयमै पठाउन नसकेको विभागले जनाएको छ ।

विभागका अनुसार ६५ वर्षका माथिका नागरिकले खोप पाएपछि मात्र अन्य समूहले खोप पाउने छन् । खोपको उपलब्धताको कारणले पहिलो चरणमा ६५ बर्षका माथिकाहरुलाई राखिएको हो ।