logo
  • बिहिबार, भदौ ४, २०८३ / Thursday, Aug, 20 ,2026

पर्यटन विकास आयोजनाका सवइन्जिनियर घुससहित पक्राउ


अंकुरण खबर
1.807K
Shares

घुस लिएको आरोपमा मकवानपुरको हेटौंडास्थित पर्यटन विकास आयोजनाका सवइन्जिनियर पक्राउ परेका छन् ।

सेवाग्राहीसँग ५० हजार रुपैयाँ घुस लिएको आरोपमा सवइन्जिनियर नेत्रप्रसाद लामिछाने पक्राउ परेका हुन् ।

अख्तियार दुरुपयोग अनुसन्धान आयोगको टोलीले सवइन्जिनियर लामिछानेलाई निर्माण कार्य सम्पन्न पश्चात धरौटी रकम भुक्तानी दिने क्रममा सेवाग्राहीसँग उक्त रकम घुस लिइसकेको अवस्थामा  कार्यालय परिसरबाटै पक्राउ गरेको हो ।

लामिछानेमाथि थप अनुसन्धान भइरहेको अख्तियारले जनाएको छ ।