चितवनको रामपुरस्थित मधु सापकोटाको फर्निचर उद्योगमा आगलागी भएको छ ।
शुक्रबार राति भरतपुर महानगरपालिका– १९ रामपुरस्थित सापकोटाको अनुपम फर्निचर उद्योगमा आगलागी भएको हो ।
विद्युत् चुहावट भएर आगलागी भएको फर्निचर उद्योगमा करीब ४५ लाख बराबरको फर्निचर र काठ जलेर नष्ट भएको चितवन प्रहरी कार्यालयले जनाएको छ ।
भरतपुर महानगरपालिकाको दुई र खैरहनी नगरपालिकाको एक दमकलसँगै स्थानीय र प्रहरीले राती ११ः१० बजे लागेको आगो १२ः३५ मा नियन्त्रणमा लिएका थिए ।