आज(शनिबार) देशका विभिन्न स्थानमा वर्षाको संभावना रहेको छ ।
जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाका अनुसार देशका केही पहाडी भूभागहरूमा आंशिक देखि सामान्य बदली भइरहेको र बाँकी भूभागहरूमा मौसम सामान्यतया सफा रहेको जनाएको छ ।
महाशाखाका अनुसार आज प्रदेश १, बाग्मती तथा गण्डकी प्रदेशका पहाडी तथा हिमाली भू–भागका केही स्थानमा हल्का वर्षा र हिमपात हुने,बाँकी भूभागहरूमा मौसम सामान्यतया सफा रहनेछ।
हाल नेपालमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको जानकारी दिँदै महाशाखाले आइबार पहाडी तथा हिमाली भूभागका केही स्थानमा वर्षा तथा हिमपातको सम्भावना रहेको जनाएको छ । महाशाखाका अनुसार हाल देशमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको छ।