प्रधानमन्त्री केपी शर्मा ओली नेतृत्वको सत्तारुढ नेकपाको संसदीय दलको बैठक आज बस्ने भएको छ ।
आइतबारदेखि संसद अधिवेशन शुरु हुने भएकाले बैठक बोलाइएको मुख्य सचेतक विशाल भट्टराईले जानकारी दिए । संसद भवनको ल्होत्से हलमा हुने बैठकमा नेकपाका सबै नेतालाई बोलाइएको प्रमुख सचेतक भट्टराईले जनाएका छन् । बैठक आज(फागुन २२) संसद भवनको ल्होत्से हलमा हुने छ ।
उता प्रचण्ड–माधव पक्षले भने शुक्रवारै बैठक बसेर दलको नेता प्रचण्डलाई चयन गरेको छ । राष्ट्रियसभामा बामदेव गौतम र प्रतिनिधिसभामा लालबाबु पण्डित,तुलसी थापा गौतम पार्टी एकताको लागि भन्दै दुबै पक्षमा लागेका छैनन् ।
राष्ट्रियसभामा बामदेव गौतम र प्रतिनिधिसभामा लालबाबु पण्डित,तुलसी थापा गौतम पार्टी एकताको लागि भन्दै दुबै पक्षमा लागेका छैनन् । बैठकमा सहभागिताको लागि आग्रह गर्न र स्वास्थ अवस्था बुझ्न भन्दै ओली गौतम निवास भैसेपाटी पुगेर गौतमलाई आग्रह गरे पनि गौतम बैठकमा सहभागि नहुने जनाएका छन् ।