प्रधानमन्त्री केपी ओलीले प्रतिनिधिसभामा अविश्वास प्रस्ताव सामना गर्ने बताएका छन् ।
पुनस्थापित प्रतिनिधिसभाको अधिवेशन सुरु हुने अघिल्लो दिन शनिबार प्रधानमन्त्री निवास बालुवाटारमा नेकपाको आफ्नो समूहको संसदीय दल बैठकमा उनले विधि र पद्धतिअनुसार आउने प्रस्ताव सामना गर्ने बताएका हुन् ।
आफूले विश्वासको मत नलिने रणनीति लिएको उनले स्पष्ट गरे । बैठकमा बहुमत सांसद उपस्थित रहेको ओली समूहको दाबी छ । प्रतिनिधिसभाका ९१ र राष्ट्रियसभाका गरी १ सय १५ जना सांसद उपस्थित रहेको उक्त समूहको दाबी छ ।
प्रधानमन्त्री ओलीले प्रतिनिधिसभा बैठकमा अनिवार्य उपस्थित भएर सरकारको बचाउमा सशक्त रूपमा प्रस्तुत हुन सांसदहरूलाई निर्देशन दिएका छन् ।
नेकपा प्रचण्ड-नेपाल समूहको संसदीय दल बैठकमा प्रतिनिधिसभा र राष्ट्रियसभा गरी एक सय पाँच सांसद उपस्थित भएको दाबी उक्त समूहले गरेको थियो ।