नेपाल कम्युनिष्ट पार्टीभित्रको विवाद उत्कर्षमा पुगिरहेको बेला प्रतिनिधिसभाको सातौं अधिवेशन आजदेखि सुरु हुदैछ ।
सर्वोच्च अदालतले प्रतिनिधिसभा पुनःस्थापनाको आदेश गरेपछि प्रतिनिधिसभाको सातौं अधिवेशन बस्न लागेको हो ।
यसअघि नेकपाभित्रको विवाद तीव्र भएपछि प्रधानमन्त्री केपी शर्मा ओलीले गत पुस ५ गते प्रतिनिधिसभा विघटन गरी निर्वाचनको घोषणा गरेका थिए ।
संवैधानिक व्यवस्थाअनुसार सरकारको सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीले आज अपराह्न ४ बजेका लागि प्रतिनिधिसभाको पहिलो बैठक आह्वान गरेकी हुन् ।
यसअघिका अधिवेशन जस्तै पहिलो बैठकमा राष्ट्रपति कार्यालयबाट अधिवेशन आह्वानसम्बन्धी पत्र वाचन र प्रतिनिधिसभामा प्रतिनिधित्व गर्ने राजनीतिक दलका शीर्ष नेताले शुभकामना मन्तव्य दिने बताइएको छ ।
आजको प्रतिनिधि सभा बैठकको कार्यसूची:
