logo
  • बिहिबार, भदौ ४, २०८३ / Thursday, Aug, 20 ,2026

ट्रयाक्टर दुर्घटना हुँदा रोल्पामा एक जनाको मृत्यु


अंकुरण खबर
1.079K
Shares

रोल्पाको रुन्टीगढी-६ स्थित गातिनामामा ट्रयाक्टर दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ ।

ना ७ त  ६४०० नम्बरको ट्रयाक्टर पल्टिदाँ ३१ वर्षीय खगेन्द्र रानाको मत्यु भएको रोल्पाका डिएसपी नरेशराज सुवेदीले जानकारी दिए ।  ट्रयाक्टरमा सवार मृतक राना ट्रयाक्टरले च्यापेपछि डोजरको सहायताले उनको शव निकालिएको थियो ।

ट्रयाक्टर चालक रोल्पा थवाङ गाउँपालिका-३ घर भएका बल बहादुर बुढा मगरलाई ईलाका प्रहरी कार्यालय होलेरीले नियन्त्रणमा लिएको छ ।

मृतकको शव पोष्टमार्टमका लागी राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठान घोराहीमा पठाइएको छ ।