logo
  • बिहिबार, भदौ ४, २०८३ / Thursday, Aug, 20 ,2026

कोरोना विरुद्धको खोप लगाउन प्रधानमन्त्री ओली टिचिङ अस्पतालमा


अंकुरण खबर
1.794K
Shares

प्रधानमन्त्री केपी शर्मा ओली कोरोना भाइरस (कोभिड-१९) विरुद्धको खोप लगाउन त्रिवि शिक्षण अस्पताल पुगेका छन् ।

आजदेखि कोरोना विरुद्धको खोप अभियान शुरु हुन लागेको ‘अवसर’मा प्रधानमन्त्रीले पनि त्रिवि शिक्षण अस्पतालमा खोप लगाउन लागेका हुन् ।

प्रधानमन्त्री ओलीले आइतबार कोरोना विरुद्धको खोपको पहिलो मात्रा लगाउन लागेका हुन् ।

संघीय संसदको प्रतिनिधि सभा बैठक अगाडि नै बुधबारदेखि नै सभामुख, राष्ट्रिय सभा अध्यक्षसहित सरकारका मन्त्री तथा सांसदहरुलाई खोप लगाउन शुरु गरिएको थियो ।

बुधबार सभामुखसहित दलका शीर्ष नेताहरुले खोप लगाइसकेका छन् भने केही मन्त्री र प्रधानमन्त्रीले आज खोप लगाउँदै छन् ।

आजैदेखि देशभर ६५ वर्षमाथिका ज्येष्ठ नागरिकलाई पनि खोप लगाउन शुरु गरिएको छ । हिमाली भेगका १५ जिल्लामा भने ५५ वर्ष माथिका नागरिकलाई पनि खोप प्रदान गरिने छ ।

दोस्रो चरणको खोप अभियान देशभरका ६ हजार खोप केन्द्रबाट सञ्चालन गरिने छ ।

भारत सरकारको अनुदानमा कोरोनाविरुद्धको खोप (कोभिसिल्ड) प्राप्त भएपछि गत माघ १४ गतेदेखि फागुन १० गतेसम्म पहिलो चरणको खोप अभियान सञ्चालन गरिएको थियो । पहिलो च रणमा ४ लाख २९ हजारलाई खोप प्रदान गरिएको जनाइएको छ ।