logo
  • बिहिबार, भदौ ४, २०८३ / Thursday, Aug, 20 ,2026

स्कूल बसले स्कुटरलाई ठक्कर दिँदा पोखरामा एक जनाको मृत्यु


अंकुरण खबर
1.404K
Shares

स्कुटरलाई स्कूल बसले ठक्कर दिँदा पोखरामा एक जनाको मृत्यु भएको छ ।

आइताबार बिहान पोखरा ७ बुलौदीमा स्कूल बसको ठक्कर दिँदा ग ५ प ८३६४ नम्बरको स्कुटरका चालक ४७ बर्षिय जितबहादुर राईको मृत्यु भएको हो ।

स्कूल बसको ठक्करबाट धनकुटा सहिद भूमि गाउँपालिका घर भई हाल पोखरा ६ लेकसाइड बस्दै आएका जितबहादुर राईको मृत्यु भएको जिल्ला प्रहरी कार्यलय कास्कीका प्रहरी प्रवक्ता डिएसपी सुवास हमालले जानकारी दिए ।

‘डिएसपी हमालका अनुसार स्कुटरलाई ठक्कर दिने स्कुल बस भएको जानकारी आएको तर, बस नंम्वर र कुन स्कूल नखुलेकाले त्यसको खोजी कार्य भईरहेको छ ।