logo
  • बिहिबार, भदौ ४, २०८३ / Thursday, Aug, 20 ,2026

कर्णाली प्रदेशका मुख्यमन्त्री शाही अस्पताल भर्ना


अंकुरण खबर
2.509K
Shares

कर्णाली प्रदेशका मुख्यमन्त्री महेन्द्रबहादुर शाही अस्पताल भर्ना भएका छन् ।

उच्च रक्तचापको समस्याबाट पीडित शाही शनिबार संघीय राजधानी काठमाडौंको धुम्बाराहीस्थित ह्याम्स अस्पताल भर्ना भएका हुन् ।

नेपाल कम्युनिस्ट पार्टी (नेकपा)को प्रचण्ड-नेपाल समूहमा रहेका शाही पार्टीको कामले संघीय राजधानी काठमाडौं आएका थिए ।

काठमाडौं आएका बेला स्वास्थ्यमा समस्या देखिए पछि उनी अस्पताल भर्ना भएका हुन् ।

शाहीका प्रमुख स्वकीय सचिव कृष्णप्रसाद आचार्यले अहिले उनको स्वास्थ्यमा सुधार आइसकेको जानकारी दिए ।