logo
  • बिहिबार, भदौ ४, २०८३ / Thursday, Aug, 20 ,2026

बलात्कार गरी गर्भवती बनाएको आरोपमा मियाँ पक्राउ


अंकुरण खबर
1.222K
Shares

बलात्कार गरी गर्भवती बनाएको आरोपमा प्रहरीले विष्णुपुर गाउँपालिका-५ बोरियाका ३५ वर्षीय मोहम्मद रहमुल मियाँलाई आज पक्राउ गरेको छ।

आरोपितले २०७७ जेठ २६ गते बलात्कार गरी गर्भवती बनाएको भन्दै पीडितले जिल्ला प्रहरी कार्यालयमा गत असोज २९ गते उजुरी दिएकी थिइन्। आफ्नो घरको कोठामा बसिरहेका बेला कोही नभएको मौका छोपी घर पसी मूल ढोका लगाई ओछ्यानमा लडाएर बलात्कार गरेको पीडितले बताइन्।

पीडितले जिल्ला प्रशासन कार्यालयमा समेत २०७७ कात्तिक ३ गते उजुरी दिएकी थिइन्। जिल्ला प्रहरी कार्यालयले कात्तिक ४ गते उजुरी दर्ता गरे पनि पक्राउ नपरेका आरोपितलाई गाउँघरमै लुकेर बसेको अवस्थामा आज पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायव उपरीक्षक भुवनेश्वरप्रसाद साहले बताए।

बलात्कारबाट गर्भवती बनेकी पीडितबाट राजविराजस्थित गजेन्द्रनारायण सिंह अस्पतालमा गत कात्तिक १५ गते छोराको जन्म भएको थियो। रासस