logo
  • बिहिबार, भदौ ४, २०८३ / Thursday, Aug, 20 ,2026

सर्वोच्चको फैसला हामीले अपेक्षा गरेभन्दा फरक आएको छ : प्रचण्ड


अंकुरण खबर
793
Shares

नेकपाका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले सर्वोच्च अदालतको फैसला अपेक्षा गरिएभन्दा विपरित आएको बताएका छन्।

सर्वोच्चले सत्तारूढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा) को नाम दर्ताका क्रममा निर्वाचन आयोगबाट भएको निर्णयलाई त्रुटिपूर्ण भन्दै बदर गरिदिएपति संक्षिप्त प्रतिक्रिया दिँदै प्रचण्डले उक्त धारणा व्यक्त गरेका हुन् ।

दाहालले भने, ‘सर्वोच्चको फैसला अध्ययन नगरी टिप्पणी गर्ने बेला भएको छैन । फैसला हामीले अपेक्षा गरेभन्दा फरक आएको छ ।’

नेकपा आफ्नो रहेको दाबी गर्दै कट्टेलले दायर गरेको मुद्दामा आइतवार फैसला गर्दै सर्वोच्चले प्रधानमन्त्री केपी शर्मा ओली र प्रचण्डले नेतृत्व गर्दै आएको नेकपाको आधिकारिकता समेत खारेज गरेको छ ।