logo
  • बिहिबार, भदौ ४, २०८३ / Thursday, Aug, 20 ,2026

पछिल्लो २४ घण्टामा थपिए ६६ जना कोरोना संक्रमित , ५८ जना डिस्चार्ज


अंकुरण खबर
806
Shares

पछिल्लो २४ घण्टामा नेपालमा ६६ जना कोरोना संक्रमित थपिएका छन् ।

योसँगै कुल संक्रमितको संख्या २ लाख ७४ हजार ७ सय २१ जना पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार गत २४ घण्टामा ४ हजार १ सय ११ जनाको पिसिआर परीक्षण गर्दा ६६ जनामा कोरोना पुष्टि भएको हो । योसँगै नेपालमा पिसिआर परीक्षण हुनेको संख्या २१ लाख ९२ हजार ८ सय ३६ पुगेको छ।

आइतबार ५८ जना उपचारपछि डिस्चार्ज भएका छन् । योसँगै नेपालमा निको हुनेको संख्या २ लाख ७० हजार ८ सय ८६ पुगेको मन्त्रालयले जनाएको छ ।

आज कुनै पनि कोरोना संक्रमितको मृत्यु भएको छैन ।