logo
  • बिहिबार, भदौ ४, २०८३ / Thursday, Aug, 20 ,2026

पुन:स्थापनापछि प्रतिनिधि सभाको पहिलो बैठक शुरु


अंकुरण खबर
1.3K
Shares

सर्वोच्च अदालतको फैसलाबाट पुनःस्थापित प्रतिनिधि सभाको बैठक सुरु भएको छ ।

नयाँ बानेश्वरस्थित संसद भवनमा बैठक सुरु भएको हो । सर्वोच्च अदालतले पुनःस्थापना गरेपछि पहिलो पटक प्रतिनिधिसभा बैठक बसेको हो ।

गत पुस ५ गते प्रधानमन्त्री केपी शर्मा ओलीको सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीद्वारा विघटन गरिएको प्रतिनिधि सभालाई सर्वोच्च अदालतले फागुन ११ गते पुनःस्थापना हुने फैसला सुनाएको थियो ।

सर्वोच्च अदालतले विघटन असंवैधानिक भएको ठहर गर्दै १३ दिन भित्र प्रतिनिधि सभाको बैठक बोलाउन परमादेशको आदेश जारी गरेको थियो ।

सर्वोच्चको आदेशानुसार नै सरकारले गरेको सिफारिसअनुसार राष्ट्रपति भण्डारीले आज ९आइतबार० दिनको ४ बजे बस्ने गरी प्रतिनिधि सभाको अधिवेशन बोलाएकी थिइन् ।