सर्वोच्च अदालतले तत्कालिन एमाले र माओवादी केन्द्रबीच एकीकरणपछि बनेको नेपाल कम्युनिष्ट पार्टी (नेकपा) खारेज गरेको आदेश निर्वाचन आयोग पुगेको छ ।
निर्वाचन आयोगले नेकपा खारेज गर्ने सर्वोच्चको उत्प्रेषण आदेशको पत्र आयोगमा प्राप्त भएको जानकारी दिएको छ।
प्रेस बिज्ञप्ती:
सम्मानीत सर्वोच्च अदालतको च.नं.२२७३ मिति २०७७/११/२३ को मुद्दा नं ०७५ धय ०५१७ को आदेशरफैसलाको जानकारी पठाएको सम्बन्धी पत्रसाथ संलग्न नेपाल कम्यूनिष्ट पार्टी संक्षिप्तमा नेकपा नाम गरेको पार्टीसँग नाम मिल्ने गरी नेपाल कम्युनिष्ट पार्टी (ने क पा) दर्ता गर्ने यस आयोगबाट मिति २०७५/०२/२३ र मिति २०७५/०७/०९ मा भएको निर्णय उत्प्रेषणको आदेशबाट बदर गरिएको सम्बन्धी फैसला आज मिति २०७७/११/२३ गते कार्यालय समयमा नै प्राप्त भई यस आयोगमा दर्ता नं १०१४ मा दर्ता भएको व्यहोरा जानकारीको लागि अनुरोध छ ।