logo
  • बिहिबार, भदौ ४, २०८३ / Thursday, Aug, 20 ,2026

इक्वेटोरियल गिनीको सैन्य क्याम्पमा विष्फोटः १७ जनाको मृत्यु, चार सय बढी घाइते


अंकुरण खबर
2.535K
Shares

अफ्रिकी मुलुक इक्वेटोरियल गिनीको सबैभन्दा ठूलो शहर बाटास्थित सैन्य अड्डामा आइतबार शक्तिशाली विष्फोट भएको छ ।

घटनामा १७ जनाको मृत्यु भएको छ भने चार सय जना बढी घाइते भएका छन् ।

त्यहाँका राष्ट्रपति टिओडोरो ओबिआङका अनुसार सैन्य अड्डामा प्रयोग गरिएको डायनामाइटसँग सम्बन्धित लापरबाहीका कारण विष्फोट भएको हो ।

घटनामा उनले १५ मानिसको मृत्यु र ५ सय जना घाइते भएको बताएको अन्तराष्ट्रिय सञ्चारमाध्यमले जनाएको छ ।

तर, पछि त्यहाँको स्वास्थ्य मन्त्रालयले १७ जनाको मृत्यु र ४२० व्यक्ति घाइते भएको जानकारी दिएको हो ।