साविकको नेकपा प्रचण्ड-नेपाल पक्षले बोलाएको स्थायी कमिटी बैठक सरेको छ ।
बिहान ११ बजे पार्टी कार्यालय पेरिसडाँडामा बोलाइएको स्थायी कमिटी बैठकको समय सरेर ३ बजे बस्ने प्रवक्ता नारायणकाजी श्रेष्ठले जानकारी दिए ।
कानूनी र राजनीतिक छलफल गर्नका समय चाहिएकाले बैठक सारिएको प्रवक्ता श्रेष्ठले बताए ।
हिजो आइतबार बेलुका प्रचण्ड-नेपाल पक्षले कानुन विद्हरुसँग परामर्श गरेपछि पार्टीभित्र छलफल गर्न आज सोमबाका लागि स्थायी कमिटी बैठक बोलाएको हो ।