संघीय समाजवादी पार्टी नेपाल संसदीय दलको बैठक दलको कार्यालय सिंहदरबारमा बस्दै छ ।
आज दिउँसो दुई बजेका लागि बैठक बोलाइएको हो । संसदमा कसरी प्रस्तुत हुने, पछिल्लो राजनीतिक घटनाक्रममा कसरी अगाडि बढ्ने लगायतका एजेन्डामा छलफल हुने जसपा सांसद उमाशंकर अरगरियाले जानकारी दिए ।
संघीय समाजवादी र जसपा एकीकृत भएर बनेको जसपा संसदीय दलको बैठक भने भोलि मंगलबार बस्ने बताइएको छ ।