logo
  • बिहिबार, भदौ ४, २०८३ / Thursday, Aug, 20 ,2026

राष्ट्रपति भण्डारीद्वारा मुस्कान खातुनलाई प्रशंसापत्र प्रदान


अंकुरण खबर
1.04K
Shares

एसिड आक्रमणमा परेकी मुस्कान खातुनलाई नेपाल सरकारले प्रशंसापत्र प्रदान गरेको छ ।

महिला बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालयले आज १११ औं अन्तर्राष्ट्रिय श्रमिक महिला दिवसको अवसरमा उनलाई प्रशंसापत्र प्रदान गरेको हो ।

उनलाई राष्ट्रपति विद्यादेवी भण्डारीले प्रशंसापत्र प्रदान गरिन् ।

मुस्कानले एसिडपीडितका पक्षमा संघर्ष गरेको र समाज रुपान्तरणको अभियानमा लागेको भन्दै प्रशंसापत्र प्रदान गरिएको मन्त्रालयले जनाएको छ ।

यस्तै अमेरिकी विदेश मन्त्रालयले प्रदान गर्दै आएको अन्तर्राष्ट्रिय साहसी महिला अवार्डबाट उनी आज सम्मानित हुँदैछन् ।