logo
  • बिहिबार, भदौ ४, २०८३ / Thursday, Aug, 20 ,2026

पछिल्लो २४ घण्टामा थपिए ८९ जना कोरोना संक्रमित, ४१ जना डिस्चार्ज


अंकुरण खबर
1.404K
Shares

पछिल्लो २४ घण्टामा नेपालमा ८९ जना कोरोना संक्रमित थपिएका छन् ।

योसँगै कुल संक्रमितको संख्या २ लाख ७४ हजार ८ सय १० जना पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार गत २४ घण्टामा ४ हजार ३ सय ९९ जनाको पिसिआर परीक्षण गर्दा ८९ जनामा कोरोना पुष्टि भएको हो । योसँगै नेपालमा पिसिआर परीक्षण हुनेको संख्या २१ लाख ९७ हजार २ सय ३५ पुगेको छ ।

सोमबार ४१ जना उपचारपछि डिस्चार्ज भएका छन्। यो सँगै नेपालमा निको हुनेको संख्या २ लाख ७० हजार ९ सय २७ पुगेको मन्त्रालयले जनाएको छ ।

आज कुनै पनि कोरोना संक्रमितको मृत्यु भएको छैन । हाल ५५ जना क्वारेन्टाइनमा छन् ।