नवलपरासकी प्रहरीले १ थान पेस्तोलसहित २ जना किशोरलाई पक्राउ गरेको छ ।
कावासोती नगरपालिका-१६ चालिसकिलो जंगलस्थित सडकबाट १ थान पेस्तोल सहित गोरखा चुमनुब्री गाउँपालिका-३ बस्ने २ जना १८ बर्षीय किशोरलाई आइतबार दिउँसो प्रहरीले पक्राउ गरेको छ ।
जिल्ला प्रहरी कार्यालय नवलपरासी (पूर्व) बाट खटिएको प्रहरीले ना ५ ख ६५६३ नम्बरको बसलाई जाँच गर्ने क्रममा बसमा सवार उनीहरुलाई उक्त पेस्तोल सहित फेला पारी पक्राउ गरेको हो ।
बसमा यात्रा गरिरहेको अवस्थामा पेस्तोलसहित पक्राउ परेका दुवै किशोरमाथि थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय नवलपरासी पूर्वले जानकारी दिएको छ ।