काठमाडौंको नक्सालमा आगलागी भएको छ ।
नक्साल नारायण चौरस्थित फुड ट्रक रेस्टुरेन्टमा आगलागी भएको हो ।
करेन्ट सर्ट भएर आगलागी भएको अनुमान गरिएको छ । आगालागीबाट के कति क्षति भयो भन्नेबारे विवराण आउन बाँकी रहेको छ ।
केहीबेर अघि आगो नियन्त्रणमा आइसकेको महानगरीय प्रहरी परिसर काठमाडौंले जनाएको छ । आगलागीमा मानवीय क्षति नभएको प्रहरीले जनाएको छ ।