नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले स्थायी कमिटी बैठक बोलाएका छन् ।
बैठक पार्टी केन्द्रीय कार्यालय पेरिसडाँडामा मंगलबार दिउँसो बस्ने बताइएको छ । सर्वोच्च अदालतको फैसलाले नेकपा एकीकरण पूर्वकै अवस्थामा पुर्याएपछिको रणनीतिबारे छलफल गर्न बैठक बोलाइएको माओवादी केन्द्रका नेता गणेश शाहले बताए ।
आजै पार्टी केन्द्रीय कार्यालयको बोर्ड समेत फेरिने उनको भनाइ छ ।
यसअघि एकीकरणपछि पार्टी कार्यालयमा रहेको नेकपाको बोर्ड झिकेर एकीकरण पहिलेकै पार्टीको बोर्ड राखिने उनले बताए ।