logo
  • बिहिबार, भदौ ४, २०८३ / Thursday, Aug, 20 ,2026

एसईई परीक्षा आगामी जेठ १३ गतेदेखि २४ गतेसम्म सञ्चालन हुने


अंकुरण खबर
819
Shares

२०७७ सालको माध्यमिक शिक्षा परीक्षा (एसईई) आगामी ९२०७८० जेठमा सञ्चालन हुने भएको छ ।

राष्ट्रिय परीक्षा बोर्डले २०७७ सालको एसईई परीक्षा २०७८ जेठ १३ गतेदेखि २४ गतेसम्म सञ्चालन गर्ने निणर्य गरेको हो ।

मन्त्रिपरिषद बैठकको निणर्यानुसार राष्ट्रिय परीक्षा बोर्डले नै एसईई परीक्षा सञ्चालनका लागि तयारी गरेको बोर्डका सदस्य सचिव दूर्गाप्रसाद अर्यालले जानकारी दिए ।

गत माघ २६ गतेको मन्त्रिपरिषद बैठकले एसईई परीक्षा राष्ट्रिय परीक्षा बोर्डले नै सञ्चालन गर्ने निणर्य गरेको थियो । बोर्डले प्रदेश सरकारसँग आवशयक सहकार्य गरी साविक बमोजिम नै एसईई परीक्षा सञ्चालन, व्यवस्थापन, नतिजा प्रकाशन र प्रमाणीकरण गर्ने प्रबन्ध मिलाउने भनेर मन्त्रिपरिषदले निणर्य गरेको थियो ।

कोरोना भाइरस (कोभिड-१९) का कारण गत वर्ष विद्यालयहरुले गरेको आन्तरिक मूल्याङ्कनको आधारमा ग्रेड निर्धारण गरी एसईईको नतिजा प्रकाशन गरिएको थियो ।