नेकपा माओवादी केन्द्रको स्थायी कमिटी बैठक सुरु भएको छ ।
सर्वोच्च अदालतले नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को एकीकरणलाई मान्यता दिन अस्वीकार गर्दै नेकपा (एमाले) र माओवादी केन्द्र ब्युताँएपछि माओवादी पक्षको पहिलो स्थायी कमिटी बसिरहेको हो ।
बैठकको मुल एजेन्डा केपी शर्मा ओली सरकारलाई दिएको समर्थन फिर्ता लिने कि नलिने भन्नेमा केन्द्रित रहेको छ । सरकारलाई समर्थन दिएको विषयमा पनि छलफल हुने माओवादी स्थायी कमिटी सदस्य देव गुरुङले जानकारी दिए ।
बैठकमा माओवादी केन्द्रबाट मन्त्री रहेका रामबहादुर थापा बादल, टोपबहादुर रायमाझी लगायतका नेता भने उपस्थित छैनन् ।