गुल्मीको छत्रकोट गाउँपालिका–१ हुँगा बस्ने ५२ वर्षीया मिना गाहाको आफ्नै घरमा आगो ताप्ने क्रममा जलेर सोमबार बेलुकी मृत्यु भएको छ ।
उनले लगाएको लुङ्गीमा पछाडिबाट आगो सल्किँदा जलेर गम्भीर घाइते भएकी उनको मिसन अस्पताल पाल्पामा उपचारको क्रममा मृत्यु भएको हो ।
यस्तै, काठमाडौं महानगरपालिका-१ नारायणचौरस्थित टहरामा टाँसी शेर्पाले सञ्चालन गरेको फुड क्रेक पार्क रेष्टुरेन्टमा विद्युत सर्ट भई सोमबार दिउँसो अगलागी हुँदा करिब १० लाख रुपैयाँ मूल्य बराबरको धनमाल जलेर नष्ट भएको छ ।
यता, मोरङको उर्लाबारी नगरपालिका-३ मंगलबारेस्थित दिनेश परियारले सञ्चालन गरेको मोबाईल पसलमा ईन्भटरबाट विद्युत सर्ट भई सोमबार बेलुकी आगलागी हुँदा पसल पूर्णरुपमा जलेर करिब २० लाख रुपैयाँ बराबरको धनमाल नष्ट भएको छ ।