logo
  • बिहिबार, भदौ ४, २०८३ / Thursday, Aug, 20 ,2026

दाहोरो अंकले घट्यो नेप्से


अंकुरण खबर
819
Shares

नेपाल स्टक एक्सचेञ्ज (नेप्से) साताको तेस्रो दिन आज (मंगलबार) दोहोरो अंकले घटेको छ ।

आज नेप्से २३.२२ अंकले घटेर दुई हजार चार सय ६१ दशमलब ८८ विन्दुमा थामिएको छ ।

नेप्सेसका अनुसार आज ४ अर्ब ७५ करोड २७ लाख बराबरको कारोबार भएको छ । आज कारोबार भएका सबै समूहमध्ये तीन वटा समूहबाहेक अन्य सबै समूह घटेका छन् ।

बजार घटेपनि पाँच कम्पनीको शेयरमूल्यमा पोजेटिभ सर्किट लागेको छ । आज चन्द्रागिरी हिल्स, रैराङ हाइड्रोपावर कम्पनी, नेपाल हाइड्रो डेभलपर, हिमालय उर्जा विकास कम्पनी र युनाइटेड फाइनान्स कम्पनीका लगानीकर्ता मालामाल भएका छन् । यी पाँच कम्पनीको शेयरमूल्य करिब १० प्रतिशतले बढेको छ ।