logo
  • बिहिबार, भदौ ४, २०८३ / Thursday, Aug, 20 ,2026

पहाडी क्षेत्रका केही ठाउँमा मेघगर्जन, चट्याङसहित वर्षाको सम्भावना


अंकुरण खबर
793
Shares

आज (बुधबार) दिउँसो देशका केही स्थानमा गड्याङगुडुङसहित वर्षा हुने सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

महाशाखाले आज बिहान जारी गरेको मौसम पूर्वानुमान बुलेटिनअनुसार अपराह्नपछि देशको पहाडी भेगका थोरै स्थानमा मेघगर्जन/चट्याङसहित वर्षा हुने सम्भावना देखिएको हो ।

यस्तै, आज राति पनि पहाडकै एक वा दुई स्थानमा मेघगर्जनसहित वर्षा हुने सम्भावना छ ।

प्रि मनसुनको सिजन भएकाले अब हरेक दिनजसो दिउँसो पछि पहाडी क्षेत्रका केही ठाउँमा मेघगर्जनसहित चट्याङ पर्ने मौसमविद् सजिना शाक्यले बताईन् । प्रि मनसुनमा स्थानीय वायुको प्रभावको असर धेरै पर्ने हुन्छ । स्थानीय वायुको प्रभावकै कारण कुनै एक ठाउँमा घाम लागिरहे पनि त्यसको नजिकै असिना पानी पर्न सक्छ ।

स्थानीय वायुसँगै पश्चिमी वायुको पनि प्रभाव रहेमा भने धेरै ठाउँमा  पानी पर्ने  सम्भावना रहने मौसमविद् शाक्यको भनाई छ  ।

मार्च, अप्रिल र मे गरी तीन महिनालाई प्रि मनसुनको सिजन मानिन्छ । जुनदेखि भने नेपालमा मनसुन लाग्नेछ । यस्तै, आज पनि केही पहाडी क्षेत्रमा हल्का पानी पर्ने मौसमविद्को अनुमान छ ।