logo
  • बिहिबार, भदौ ४, २०८३ / Thursday, Aug, 20 ,2026

ज्योति लाइफ इन्स्योरेन्सको आइपीओमा आवेदन दिने आज अन्तिम दिन


अंकुरण खबर
1.209K
Shares

ज्योति लाइफ इन्स्योरेन्सले सर्वसाधारणको लागि निष्काशन गरेको आइपीओमा आवेदन दिने आज अन्तिम दिन रहेको छ ।

कम्पनीले फागुन २१ गतेदेखि आईपिओ निष्काशन गरेको हो ।

लगानीकर्ताले मेरो शेयर अनलाइनबाट र सी आश्वा सदस्य बैंक तथा वित्तीय संस्थाबाट आवेदन दिन सक्ने छन् । आईपिओ निष्काशनको लागि एनएमबि क्यापिटल बिक्रि प्रबन्धक रहेको छ ।

ज्योति लाइफले फागुन २१ गतेदेखि १०० अंकित दरले ६६ करोड बराबरको ६६ लाख कित्ता शेयर निष्काशन गरेको हो । जसमध्ये ५ प्रतिशत अर्थात ३ लाख ३३ हजार कित्ता सामूहिक लागनी कोषहरुलाई र ३ लाख ३३ हजार कित्ता कर्मचारीहरुलाई सुरक्षित गरिएको छ ।

बाँकि रहेको ५९ लाख ४० हजार कित्ताको लागि सर्वसाधारणले आवेदन दिन सक्ने छन् ।