नेपाली बजारमा आज (बुधवार) सुनचाँदीको मूल्यमा बृद्धि भएको छ ।
आज छापावाला सुन तोलामा ६ सय रुपैयाँले बृद्धि भई प्रतितोला ८६ हजार २०० रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसाय महासंघले जनाएको छ ।
हिजो (मंगलवार) छापावाला सुन प्रतितोला ८५ हजार ६०० रुपैयाँमा कारोबार भएको थियो ।
आज तेजावी सुनको प्रतितोला सुनको मूल्य ८५ हजार ७ सय ५० मा कारोबार भइरहेको छ ।
यस्तै, बुधवार चाँदीको मूल्य तोलामा १५ रुपैयाँले बृद्धि भएको छ । आज चाँदी प्रतितोला १२ सय ७० मा कारोबार भइरहेको जनाएको छ ।