logo
  • बिहिबार, भदौ ४, २०८३ / Thursday, Aug, 20 ,2026

शोक प्रस्ताव पारित गरेर सकियो प्रतिनिधिसभा बैठक, अर्को बैठक चैत ३ गते


अंकुरण खबर
1.365K
Shares

प्रतिनिधिसभाको बैठक शोक प्रस्ताव पारित गरेर सकिएको छ ।

बुधबार दिउँसो बसेको बैठकमा विभिन्न कार्यकालमा सांसद् रहेका सांसद्हरुको शोक प्रस्ताव पारित गर्दै सकिएको हो ।

बैठकमा बर्खे अधिवेशनदेखि हिउँदे अधिवेशन सुरु नहुँदासम्म मृत्यु भएकाको सांसद्हरुको शोक प्रस्ताव पारित गरिएको हो । बैठक करिब १२ मिनेट बसेको जनाइएको छ ।

सभामुख अग्निप्रसाद सापकोटाको शोक प्रस्ताव लगत्तै बैठक स्थगित गरिएको थियो । अब अर्को बैठक चैत ३ गते मंगलबार दिउँसो १ बजे बस्नेछ ।