logo
  • बिहिबार, भदौ ४, २०८३ / Thursday, Aug, 20 ,2026

कैलालीमा एमालेका दुई समूहबीच कुटाकुट


अंकुरण खबर
1.859K
Shares

कैलाली सदरमुकाम धनगढीमा नेपाल कम्युनिष्ट पार्टी (एमाले) भित्रका दुई समूहबीच हात हालाहाल भएको छ ।

धनगढीस्थित सुदूरपश्चिम प्रदेश कमिटीको कार्यालयमा केपी शर्मा ओली समूह र माधव नेपाल समूहका कार्यकर्ताबीच हात हालाहाल भएको हो ।

पार्टी कार्यालयमा प्रदेश इन्चार्जमा लेखराज भट्टको ‘नेम प्लेट’ राखेपछि नेपाल समूहका कार्यकर्ताहरुले ‘नेम प्लेट’ तोडफोड गरेका छन् ।

उनीहरूले नेकपा एमालेको सुदूरपश्चिम इन्चार्ज भीम रावल रहेको भन्दै भट्टको नेम प्लेट हटाएका हुन् ।

यस क्रममा ओली समूह र नेपाल समूहका कार्यकर्ता नाराबाजीमा उत्रिएका छन् ।