पछिल्लो २४ घण्टामा नेपालमा १ सय ४ जना कोरोना संक्रमित थपिएका छन् । योसँगै कुल संक्रमितको संख्या २ लाख ७४ हजार ९ सय ७३ जना पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार गत २४ घण्टामा ३ हजार ४ सय ८८ जनाको पिसिआर परीक्षण गर्दा १ सय ४ जनामा कोरोना पुष्टि भएको हो । योसँगै नेपालमा पिसिआर परीक्षण हुनेको संख्या २२ लाख ३ हजार ४ सय ३८ पुगेको छ ।
बुधवार ६३ जना उपचारपछि डिस्चार्ज भएका छन् । योसँगै नेपालमा निको हुनेको संख्या २ लाख ७१ हजार ५० पुगेको मन्त्रालयले जनाएको छ ।
आज कुनै पनि कोरोना संक्रमितको मृत्यु भएको छैन ।