नेपाली बजारमा आज सुनचाँदीको मूल्य बृद्धि भएको छ ।
बुधवारको तुलनामा आज प्रतितोला छापावाला सुनको मूल्य तोलामा ६ सयले बृद्धि भएको हो ।
आज छापावाला सुन तोलामा ६ सय रुपैयाँले बढेर प्रतितोला ८६ हजार ८ सय रुपैयाँमा कारोबार भईरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।
आज तेजावी सुनको मूल्य ८६ हजार ३ सय ५० मा कारोबार भइरहेको छ ।
त्यस्तै, आज चाँदीको मूल्य तोलामा १५ रुपैयाँले बृद्धि भइ प्रतितोला १२ सय ७५ मा कारोबार भइरहेको छ ।