जनता समाजवादी पार्टी जसपाका नेताहरुले आज प्रधानमन्त्री केपी शर्मा ओलीलाई भेट्ने भएका छन् ।
आज बसेको जसपा कार्यकारी समितिको बैठकपछि साँझ दलका शीर्ष ५ नेता प्रधानमन्त्रीलाई भेट्न बालुवाटार जाने भएका हुन् ।
पछिल्लो पटक विकसित राजनीतिक घटनाक्रममा पार्टीको भूमिकाबारे प्रधानमन्त्री ओलीलाई स्पष्ट पार्न साँझ भेट हुन लागेको हो ।
जसपाको आजको बैठकले भोलि संसदीय दलको बैठक बसेर नेता छान्ने निर्णय पनि गरेको नेता केशव झाले जानकारी दिए । संसदीय दलको बैठक भोलि दिउँसो १ बजेका लागि बोलाइएको छ ।