पछिल्लो २४ घण्टामा नेपालमा ९७ जना कोरोना संक्रमित थपिएका छन् ।
योसँगै कुल संक्रमितको संख्या २ लाख ७५ हजार ७० जना पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार गत २४ घण्टामा ४ हजार ४ सय ४८ जनाको पिसिआर परीक्षण गर्दा ९७ जनामा कोरोना पुष्टि भएको हो । योसँगै नेपालमा पिसिआर परीक्षण हुनेको संख्या २२ लाख ७ हजार ९ सय २२ पुगेको छ ।
बिहीबार ६६ जना उपचारपछि डिस्चार्ज भएका छन्। यो सँगै नेपालमा निको हुनेको संख्या २ लाख ७१ हजार ११६ पुगेको मन्त्रालयले जनाएको छ ।
आज कुनै पनि कोरोना संक्रमितको मृत्यु भएको छैन ।