logo
  • बिहिबार, भदौ ४, २०८३ / Thursday, Aug, 20 ,2026

भरतपुरबाट तास खेलिरहेका ९ जना पक्राउ


अंकुरण खबर
1.001K
Shares

भरतपुर महानगरपालिका १४ शान्ती बजार बस्ने ३५ वर्षीय दिलीप दराईको घर पछाडी खाली ठाउँमा तास खेलिरहेको अवस्थामा राई सहित ९ जनालाई प्रहरीले पक्राउ गरेको छ ।

उक्त ठाँउमा तास खेलिरहेको भन्ने सूचनाको आधारमा ईलाका प्रहरी कार्यालय गितानगरबाट खटिएको प्रहरीले मंगलबार साँझ उनीहरुलाई नगद ३७ हजार ५ सय ४० रुपैँया र तास सहित फेला पारी पक्राउ गरेको हो ।

यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।