प्रधानमन्त्री केपी शर्मा ओलीसँग वार्ता गर्न जनता समाजवादी पार्टी (जसपा) का नेता प्रधानमन्त्री निवास बालुवाटार पुगेका छन्।
केहीबेर अघि जसपाका शीर्ष पाँच नेताहरु बालुवाटार पगेका हुन्। शीर्ष नेताहरू महन्थ ठाकुर, डा. बाबुराम भट्टराई, उपेन्द्र यादव, राजेन्द्र महतो र अशोक राई बालुवाटार पुगेको जसपा नेता लक्ष्मणलाल कर्णले बताए।
जसपाले सत्ता सहकार्य र आफ्ना एजेन्डाबारे प्रधानमन्त्री ओलीसँग छलफल गर्ने जनाएको छ। जसपाले सांसद रेशम चौधरीको रिहाइ, थरुहट आन्दोलनको मुद्दा र संविधान संशोधनलगायत माग सम्बोधन गरेमा सत्ता सहकार्य गर्नसकिने जनाएको छ।
उनीहरूले प्रधानमन्त्री ओलीबाट यसअघि धोका भएकाले अहिले सचेत भएको जनाएका छन्। उधारो सहमति नगर्ने उनीहरुको भनाइ छ।
सर्वोच्च अदालतको फैसलापछि एमाले र माओवादी केन्द्र अलग भएका छन्। माओवादीले समर्थ फिर्ता लिएमा प्रधानमन्त्री ओली अल्पमत पर्ने भएका छन्।
सरकार जोगाउ प्रधानमन्त्री ओलीले जसपासँग सहकार्यका लागि प्रस्ताव गरेको छ। त्यसै विषयमा छलफल गर्न जसपा नेताहरु बालुवाटार पुगेका हुन्।