नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ आज बुटवल जाने भएका छन् ।
उनका प्रेस संयोजक विष्णु सापकोटाका अनुसार राष्ट्रिय दलित पत्रकार संघको प्रथम सम्मेलन उद्घाटन गर्न अध्यक्ष्य प्रचण्ड बुटवल जाने भएका हुन् ।
कार्यक्रममा नेकपा एमालेका नेता घनश्याम भुसाल, छविलाल विश्वकर्मा, कांग्रेस नेता मिन विश्वकर्मालगायत नेताले पनि सम्बोधन गर्ने कार्यक्रम छ ।
तीन दिन सञ्चालन हुने सम्मेलनमा देशभरबाट ३ सयभन्दा बढी दलित पत्रकार बुटवल पुगेको राष्ट्रिय दलित पत्रकार संघले जनाएको छ ।