आज नेपालका केही स्थानमा सामान्य तथा आंशिक बदली हुने जल तथा मौसम विज्ञान विभागले जनाएको छ ।
विभागका अनुसार हाल सुदुर पश्चिम प्रदेश, कर्णाली प्रदेश, गण्डकी प्रदेश र लुम्बिनी प्रदेशमा आंशिक देखि सामान्य बदली रही बाँकी भूभागहरूमा मौसम सामान्यतया सफा छ ।
यस्तै, आज देशभरी आंशिक देखि सामान्य बदली रहने छ । देशको पहाडी भूभागका केहि स्थानहरुमा मेघ गर्जन र चट्टयाङ सहित वर्षाको सम्भावना रहेको छ ।